काठमाडौं, १९ असोज । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक नेकपा (एमाले) ले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज बस्ने बैठकपनि आफूहरुले अवरोध गर्ने जनाए ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। एमालेले माधव नेपालसहित १४ जना सासदलाई गरेको कारबाही सदर नगरेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा पनि नाराबाजी गर्दै आएका छन् ।