काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७०८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १० जना र १० देखि २० वर्षका ४५ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १३१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १३० जना रहेका छन् । ४१ देखि ५० वर्षका ७९, ५१ देखि ६० वर्षका ८६ जना, ६१ देखि ७० का ५३ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २२ जना, ८० देखि माथिका १७ जना रहेका छन् । १ जनाको उमेर भने खुल्न सकेको छैन । अहिले देशभर १० हजार ९४६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।