काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५५७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९ जना र १० देखि २० वर्षका ३८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ९९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १२१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ८१, ५१ देखि ६० वर्षका ६० जना, ६१ देखि ७० का ३५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३४ जना, ८० देखि माथिका १० जना रहेका छन् । त्यसैगरी ३५ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार २०१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।