काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७७६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १९ जना र १० देखि २० वर्षका ५० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १३६ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १६३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ९४, ५१ देखि ६० वर्षका ९७ जना, ६१ देखि ७० का ५८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २८ जना, ८० देखि माथिका १९ जना रहेका छन् । त्यसैगरी ९ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार ३६० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।