नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको सुन्धारामा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै मध्याहन्न सुन्धाराको आकाशे पुल क्षेत्रमा टायर बालेका हुन् ।
प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीले बन्दकर्ताले बालेको टायर निभाएको छ । बन्दका कारण काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । चन्द नेकपाले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको हो।

