मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला । समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । केही विवाद समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ, झै झगडा हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ ।