कक्षा १२ को प्रमाणपत्र अब विद्यालयमा नै पाइने लिन सकिने भएको छ। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो अब भने कक्षा १२ पास भएका विद्यार्थीले सम्बन्धित विद्यालयबाट नै प्रमाणपत्र पाउने भएका हुन्।
कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकाले यसवर्ष विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको जानाकारी दिएको छ । बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो। सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ। अब विद्यार्थीले बोर्ड पुगेर निवेदन र दस्तुर बुझाउनुपर्दैन सम्बन्धित विद्यालयमै बुझाए हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।