काठमाडौं । देशभर हाल दुई वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । एक वटा प्रदेशका दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । यो सूचीमा काठमाडौं र ललितपुर जिल्ला रहेका छन् । यस्तै ६ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
सुनसरी, भक्तपुर, नवलपरासी पूर्व, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला मुगु र सल्यानमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।