काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २५४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४ जना र ११ देखि २० वर्षका ३० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ५२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ५८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३५, ५१ देखि ६० वर्षका ३५ जना, ६१ देखि ७० का १३ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९ जना रहेका छन् । ८० वर्षमाथिका ६ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार ८९० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।