नेपाली बजारमा सुनको मुल्य लगातार ओरालो लाग्न थालेको छ । बुधबार ५०० रूपैयाँले घटेको सुनको मूल्य आज विहीबार प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम थियो । यस अवधिमा चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । बुधबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको सुचनामा जनाईएको छ ।