काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २४१ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३ जना र ११ देखि २० वर्षका २१ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ४८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ५२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३५, ५१ देखि ६० वर्षका ३३ जना, ६१ देखि ७० का २५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १० जना रहेका छन् । ८० वर्षमाथिका ८ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ४ हजार ८७१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।