काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३८२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६ जना र ११ देखि २० वर्षका ७ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ४० जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २०१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३६, ५१ देखि ६० वर्षका २१ जना, ६१ देखि ७० का १२ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९ जना रहेका छन् । ८० वर्षमाथिका १० जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ४ हजार ९६९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।