जानकारी केन्द्र । अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्स र चिनियाँ समकक्षी वे फेन्घेबीच भेटवार्ता भएको छ ।
आइतबार भएको उक्त भेटवार्ता ३ वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीच भएको पहिलो भेटवार्ता हो । जसलाई ‘महत्त्वपूर्ण पहिलो कदम’ समेत भनिएको छ ।
रक्षामन्त्री मार्ल्सले यो वार्ता एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर रहेको बताए । त्यस्तै, उनले अस्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएको जानकारी पनि सुरक्षा शिखर सम्मेलनको क्रममा सिङ्गापुरका पत्रकारहरूलाई दिएका थिए ।