जानकारी केन्द्र । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–बोडेमा आज एक पुरुषको शव फेला परेको छ ।
प्रहरीले भक्तपुरको लर्डबुद्ध स्कुल अगाडी निमार्ण भइरहेको टहरामा कल्याण साहुको शव भेटिएको जनाएको छ ।
यसैगरी, ५१ वर्षीय साहुको हत्या भएको आशंकामा केही व्यक्तिहरु पक्राउ पनि परेका छन् । प्रहरीले हाल शव पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा रहेको जानकारी दिएको छ ।