जानकारी केन्द्र । पूर्वडीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाइएको छ ।
नेपाल सुशासन पार्टीले बताए अनुसार उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट लड्ने भएका छन् । उनी उक्त पार्टीका अध्यक्षसमेत रहेका छन् ।
साथै, पार्टीले देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ, सहयोग र माया रहिरहने आशा गरेको समेत जनाएको छ ।