जानकारी केन्द्र । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।