जानकारी केन्द्र । असार १ गतेदेखि सातामा ६ दिन नै शेयर कारोबार हुने जनाइएको छ । शनिबार मात्र शेयरबजार बन्द हुने भएको हो ।
नेपाल सरकारले गत जेठ १ गतेदेखि सातामा शनिबार र आइबार गरी २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसकारण, कारोबार दिनको सेडुल पनि परिमार्जन भई सोमबारदेखि शुक्रबारसम्म ५ दिन बजार खुल्दै आएको थियो ।
हाल सरकार आइतबार विदा दिने निर्णयबाट पछि हटेसँगै आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै शेयर कारोबार हुने भएको हो । लगानीकर्ताहरुको माग अनुसार सातामा ६ दिन शेयर कारोबार गर्न लागिएको जनाइएको छ ।
नेप्सेले साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने जनाएको छ । शुक्रबार ११ बजे बजार खोलेर साढे १ बजे बन्द गरिने जनाइएको छ । आइतबारदेखि बिहीबार भने ११ बजेदेखि अपराह्न ३ बजेसम्म नै कारोबार हुनेछ ।