काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले असारको पहिलो सातादेखि युरिया भित्रिने जनाएको छ ।
यस वर्षको जिम्मेवारी पाएको साल्ट ट्रेडिङले रासायनिक मल भित्र्याउन थालेको छ । कर्पोरेशनले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम डिपो तथा बिक्री कक्षमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिने जनाएको छ ।
कर्पोरेशनले सरकारबाट २० हजार मेट्रिक टन डिएपी, २२ हजार मेट्रिक टन मलसहित १ लाख मेट्रिक टन ल्याउने स्वीकृति पाएको थियो । बाँकी तीन हजार मेट्रिक टन डिएपी भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ । साथै, कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले मल प्रतिबोरा ५० केजी रहेको बताएका थिए ।
उनले २२ हजार मेट्रिक टन अर्थात् ४ लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिनने बताए छ । यसैगरी, कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो ।