काठमाडौं । एएफसी एसियन कपमा भारतीय फुटबल टोली लगातार दोस्रो पटक छनोट भएको छ ।
प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले उक्त अवसर पाएको थियो । भारत सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअगावै २०१९, २०११, १९८४ र १९६४ मा पनि छनोटमा परेको थियो ।
भारतले अफगानिस्तान र कम्बोडियालाई हराएको थियो । भारत र हङकङको खेल हुन अझ बाँकी छ । उक्त खेल भारतले जित्यो भने समूहको शीर्ष स्थानमा पुग्नेछ । उक्त खेलले भारतको छनोटमा भने खासै प्रभाव नपार्ने जनाइएको छ ।
त्यस्तै, छनोट समूह सीधै एएफसी एसियन कपमा जानेछन् र राम्रो कीर्तिमानसहित पाँच उपविजेताले पनि यस प्रतियोगितामा स्थान पाउँछने भनिएको छ ।