काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी गोलाप्रथाबाट विजयी भएका छन् ।
उनको प्रतिष्पर्धीमा नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट रहेका थिए ।
आज मंगलबार भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदमा समान मत आएपछि गोला प्रथा गरिएको थियो । गोला प्रथामा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको जनाइएको छ । जिसस गठनका लागि पालिका प्रमुख र उपप्रमुखद्वारा मतदान हुने गर्छ ।
चितवनमा सात पालिका छन् । चितवनको जिसस गठनमा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेलको योजना पनि रहेको जनाइएको छ । एमालेले भने जिसस उपप्रमुखमा उम्मेदवारी दिएको थिएन ।
यसैगरी, समाजवादीद्वारा जिसस उपप्रमुख उम्मेदवार भएकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् । त्यस्तै, एमालेले एक जना महिला सदस्यमा पनि उममेदवारी दिएन । समाजवादीबाट सदस्यमा उठेकी उम्मेदवार पूजा गुरुङले एमाले सहीत १४ मत ल्याइन् । गठबन्धन बाहिर समाजवादीका मतदाताले एमालेका उम्मेदवारलाई मतदान नगरेको जनाइएको छ ।