काठमाडौं । सभामुख अग्नि सापकोटाले आज विहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाएको जनाइएको छ ।
आज रहेको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।
यसैगरी, आजको प्रतिनिधि सभाको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध भएको थियो ।
एमाले आजको बैठक पनि अवरोध गर्ने तयारीमा रहेको छ । अर्थमन्त्री शर्माले भने करका दर हेरफेर गरेको भन्ने समाचार तथ्यहीन रहेको खण्डन गरिका छन् ।