विभिन्न कारण र लक्षणहरूको आधारमा टाउको दुखाइका विभिन्न प्रकारहरू हुन्छन् । धेरै जसो टाउको दुखाइ क्षणिक हुन्छन् र चिन्ताको विष्य हुँदैनन् । यद्यपि, हामीले टाउको दुखाइको प्रकारको पहिचान गर्न सके यसको उत्कृष्ठ उपचार गर्न सक्नेछौँ । र, हामीलाई कुन दुखाइ नर्मल या डाक्टरसँग कुरा गर्नपर्ने प्रकारको कमप्लिकेटेड हो भन्ने पनि थाहा हुनेछ ।
टाउको दुखाइ सामान्यतय सबैलाई हुने गर्छ – विश्व स्वास्थ्य संगठन (WHO) ले वयस्कहरूको आधा सङ्ख्याले गत वर्षसम्म कम्तिमा एउटा टाउको दुखाइको अनुभव गरेको अनुमान गरेको छ ।
टाउको दुखाइ कहिलेकाहीँ पीडादायी हुन सक्छ तर हामीले यसलाइ साधारण दुखाइ निवारकहरू (simple pain relievers)को माध्मबाट केही घण्टाभित्रै छुटकारा पाउन सक्छौँ । तर बारम्बार आक्रमण वा निश्चित प्रकारको टाउको दुखाइले भने गम्भीर स्वास्थ्य अवस्थालाई संकेत गर्न सक्छ ।
International Classification of Headache Disordersले हालसम्म १५० को विभिन्न प्रकारको टाउको दुखाइहरू पत्ता लाएको छ । जुन मुख्य दुई प्रकारमा विभाजित छन्ः प्राथमिक र माध्यमिक ।
प्राथमिक टाउको दुखाइ आफैँ एक समस्या भएको कारण – यो कुनै अन्य समस्यामा वा अवस्थाको उपज होइन । जस्तै, माइग्रेन र तनाव टाउको दुखाइ । तर ठिक विपरीत, एक माध्यमिक टाउको दुखाइको अलग अन्तर्निहित कारण हुन्छ, जस्तै टाउकोमा चोटपटक वा अचानक क्याफिन निकासी (caffeine withdrawal)।
१. माइग्रेनः
माइग्रेन हुँदा हामीलाई टाउको एक पाटामा मात्र गम्भीर तवरले दुखिरहन्छ ।
हामीलाई प्रकाश, आवाज र गन्धले प्रभाव पार्न सक्छ । वाकवाकी र बान्ता पनि केही लक्षणहरु हुन् ।
लगभग २५% लाइ माइग्रेन हुन अगावै केही दृश्य र इन्द्रिय समस्याहरु हुन्छ । जुन ५ देखि ६० मिनेटसम्म रहन्छ । संकेतहरुः
- जिकज्याक रेखा, चम्किरहेको उज्यालो वा स्पटहरू देख्ने
- आंशिक दृष्टिमा असर
- केही महसुस नहुने, नम्बनेस
- झनझन गर्ने
- मांसपेशी कमजोरी
- बोल्न वा शब्दहरू फेला पार्न कठिनाई
यी लक्षणहरूले स्ट्रोक वा मेनिन्जाइटिसलाई पनि संकेत गर्न सक्छ । हामील यदी यसलाई पहिलो पटक अनुभव गर्दैछौँ भने तत्काल डाक्टरकहाँ जानुपर्छ ।
माइग्रेन बारम्बार हुनेगर्छ, र प्रत्येक आक्रमण केहि घण्टादेखि धेरै दिन सम्म रहन सक्छ । धेरैको लागि, यो जीवनभरको समस्या हो ।
माइग्रेनको कारण आजसम्म पत्ता लागेको छैन । यद्यपि, यो प्रायः परिवारहरूमा चल्छ र अवसाद र एपिलेप्सी जस्ता निश्चित पूर्व–अवस्थित अवस्था भएका मानिसहरूमा बढी पाइन्छ ।
माइग्रेनका ट्रिगरहरूः
- तनाव र चिन्ता
- निद्रा अवरोध
- हार्मोनमा परिवर्तन
- खाना नखानु
- शरिरमा पानी कम हुँदा
- केही खाना र औषधिहरू
- उज्यालो बत्ती र ठूलो आवाज
उपचार
लक्षणहकाृ गम्भीर्तासँग विभिन्न उपचारहरु हुन्छन् ।
उपचार विकल्पहरू समावेश छन् विश्वसनीय स्रोतः
- आइब्रोफिन, एस्पिरिन जस्ता ड्रगहरु
- ट्रिप्टानहरु
- एन्टिमेटिक्स (वाकवाकी र बान्ताको लागि)
न्यूरोस्टिमुलेशन प्रविधिहरू, जस्तै ट्रान्सक्र्यानियल म्याग्नेटिक स्तिमुलेशनले पनि मद्दत गर्न सक्छ ।
यसरी पनि माइग्रेनको असर कम गर्न सकिन्छः
- अँध्यारो, शान्त ठाउँमा आराम गर्ने
- निधारमा आइस प्याक वा चिसो कपडा राख्ने
- पानी पिउने
माइग्रेन भएका व्यक्तिहरूले रोकथाम उपचारको बारेमा डाक्टरसँग कुरा गर्नुपर्छ । यदि कसैमा प्रति महिना १५ दिनभन्दा बढी माइग्रेन भए वा ३ महिनाको लागि महिनामा कम्तीमा ८ दिनमा लक्षणहरू देखा परेमा डाक्तरले माइग्रेनको लागि उपचार गर्न पहल गर्छन् ।
माइग्रेन रोकथामका औषधि विकल्पहरूः
- टोपिरामेट
- प्रोप्रानोलोल
- एमिट्रिप्टिलाईन
अरु उपायमाः तनाव कम लिने र खानपिनमा ध्यान दिने ।
२. तनावको कारण हुने टाउको दुखाइः
धेरैजसो मानिसहरू यस्तो टाउको दुखाइको शिकार भइरहन्छन् । यस्तो हुँदा हाम्रो दुवै छेउमा सुस्त, निरन्तर दुखाई भइरहन्छ । अन्य लक्षणहरू यस्ता छन्ः
अनुहार, टाउको, घाँटी र काँध कमजोर हुने
आँखा पछाडि दुख्ने
प्रकाश र ध्वनिले प्रभाव पर्ने
यी टाउको दुखाइ ३० मिनेट देखि केही घण्टासम्म रहन सक्छ ।
यसको कारण अस्पष्ट छ । तर तनाव, चिन्ता र अवसाद यसका ट्रिगरहरू हुन् । अन्य सम्भावित ट्रिगरहरू यस्ता छन्ः
- शरिरमा पानीको कमी
- चर्को हल्ला
- व्यायामको कमी
- निद्रा नपुग्नु
- पोस्चर
- खाना नखानु
- आँखामा तनाव
उपचार
दुखाइ निवारकहरू, जस्तै आइबुप्रोफेन, एसिटामिनोफेन र एस्पिरिनले दुखाइ रोक्न वा कम गर्न मद्दत गर्छ । ९० दिनभित्र महिनामा १५ दिनसम्म टाउको दुख्ने समस्या भएकाहरू डाक्टरसँग परामर्श लिन जरुरी हुन्छ ।
जीवनशैलीमा परिवर्तन र केही उपचारहरू यस प्रकारको टाउको दुखाइ रोक्न मद्दत गर्छ । जस्तैः
- निद्रा पुग्नेगरी सुत्ने
- नियमित व्यायाम र स्ट्रेचिङ
- बस्ने र उभ्ने पोस्चरमा सुधार गर्ने
- आँखा परीक्षण गर्ने
- तनाव, चिन्ता, वा अवसाद कम गर्ने
- एक्यूपंक्चर
३. क्लस्टर टाउको दुखाइः
यो अलि गम्भीर र बारम्बार हुने टाउको दुखाइ हो । जसले पुरुषहरूलाई धेरै असर गरेको पाइन्छ । क्लस्टर टाउको दुखाइ हुँदा एउटा आँखाको पछाडि वा त्यसको वरपर्र जलन वा छेडिएको जस्तो दुखाइ महसुस हुन्छ ।
अन्य लक्षणहरूः
- आँखामा पानी आउने
- सुन्निएको आँखाको पलक अर्थात आइलिड
- नक बुच्चिनु वा नाकमा तरलता आइरहनु
- प्रकाश र ध्वनि को उच्च प्रभाव परिरहनु
- बेचैनी वा आन्दोलित भइरहनु
क्लस्टर टाउको दुखाइ अचानक र लक्षण बिना आउँछ । जुन १५ मिनेट र ३ घण्टाको बीचमा रहन्छ । मानिसहरूले एक दिनमा आठपटक सम्म अट्याक महसुस गर्न सक्छन् ।
यी अट्याकहरु दैनिक रुपदेखि हप्ता वा महिनासम्म रहन सक्छन् । यो रातमा निदाएको केही घण्टापछि पनि आइरहन्छ ।
यी लक्षणहरू भएका व्यक्ति र हे फिभरका लक्षणसँग मेल खाए डाक्टरसँग परामर्श लिनुपर्छ ।
क्लस्टर टाउको दुखाइको कारण स्पष्ट छैन । तर तिनीहरू धुम्रपान गर्नेहरूमा बढी देखिन्छ । अट्याकको समयमा मानिसहरूले लागु पदार्थ सेवन गर्नु हुँदैन ।
उपचार
यसले अट्याकको पिडा र सङ्या कम गर्छः
- अक्सिजन थेरापी
- समाल्ट्रिप्टान
- भेरापमाल
- स्टेरोइडहरू
- मेलाटोनिन
- लिथियम
औषधिले काम नगर्दा डिप–ब्रेन स्टिमुलेशन र भेगस नर्भ स्टिमुलेशनको उपचार लिन पनि सकिन्छ ।
४. एक्जर्शनल टाउको दुखाइ
यो कडा शारीरिक व्यायामको कारण हुने गर्छ । निम्न ट्रिगरहरू यस्ता छन्ः
- दौड
- जम्पिङ
- वेट लिफ्टिङ
- यौन सम्पर्क
- खोक्दा वा हाछ्युँ धेरै गर्दा
यो टाउको दुखाइ क्षणिक हुन्छ तर कुनै २ दिनसम्म रहन सक्छ । यसमा पूरै टाउको दुख्ने हुन्छ र यो माइग्रेन भएको पारिवारमा बढी पाइन्छ ।
पहिलो पटक क्लस्टर टाउको दुखाइ अनुभव गर्ने व्यक्तिले डाक्टरसँग कुरा गर्नुपर्छ । यसले गम्भीर समस्यालाई संकेत गरेको हुन सक्छ ।
उपचार
- ओटिसि पेन रिलिफ
- बेटा–ब्लकरहरू । जस्तैः प्रोपानोलोल
- इन्डोमेथासिन
यस्ता टाउको दुखाइ हृदय रोगको कारण पनि हुने गर्छ ।
५. हिप्निक टाउको दुखाइहिप्निक टाउको दुखाइ दुर्लभ छ । कोही व्यक्ति ५० वर्ष पुगेपछि यस प्रकारको टाउको दुखाई धरै महसुस गर्न सक्छन् । यसलाई “अलार्म घडी” टाउको दुखाइ पनि भनिन्छ । यसले रातको समयमा पिडितहरुलाई बिउँझाउने गर्छ ।
यसले टाउकोको दुवै पाटामा हल्कादेखि मध्यम दुखाइ दिन्छ । यो ३ घण्टासम्म रहन सक्छ । यसका अन्य लक्षणहरू वाकवाकी आउने र प्रकाश र आवाजबाट प्रभाव पार्ने रहेको छ ।
यस अवस्थामा एक हप्तामा धेरै अट्याक हुन सक्छ । यसको कारण हालसम्म स्पष्ट छैन र यसको ट्रिगरहरू पनि पत्ता लागेको छैन ।
हिप्निक टाउको दुखाइ हानिरहित भए तापनि धेरै उमेर पुगेकाहरुले पहिलो पटक कुनै असामान्य टाउको दुखेको महसुस गरे डाक्टरलाई सम्पर्क गनुपर्छ ।
उपचारः
- क्याफिन
- इन्डोमेथासिन
- लिथियम
६. मेडिकेशन–ओभरयुज टाउको दुखाइ
मेडिकेशन–ओभरयुज टाउको दुखाइ र कहिलेकाहीँ रिबाउन्ड टाउको दुखाइ पनि भनिने यो माध्यमिक टाउको दुखाइ हो । यसका लक्षणहरू टेनशन टाउको दुखाइ र माइग्रेनसँग धेरै मिल्छ ।
सुरुमा पेनकिलरको प्रयोगले यसलाई न्युन गर्छ तर केहि समय पछि यो फेरि बल्झिन्छ ।
एक महिनामा १५ दिनसम्म टाउको दुखेका अवस्थामा र औषधि पनि नलागेमा डाक्टरले उपचार गर्ने तय हुन्छ ।
यो टाउको दुखाइको कारक औषधिहरूः
- ओपिओइड
- एसिटामिनोफेन
- ट्रिप्टान, जस्तै सुमाट्रिप्टान
- NSAIDs जस्तै एस्पिरिन र आइब्रोफिन
- यी औषधिहरू लिँदा पनि MOH हुन सक्छ। यद्यपि, एक MOH मुख्यतया टाउको दुखाइको उपचार गर्न विशेष गरी
- दुखाइ निवारकहरू लिने मानिसहरूमा विकास भएको देखिन्छ ।
उपचार
यो समस्या टाउको दुखाई निको पार्न पेनकिलर सेवन गरिरनेहरुमा धेरै देखिन्छ ।
टाउको दुखाउने औषधि खान बन्द गनुपर्छ । तर डाक्टरको सल्लाह यसमा जरुरी छ ।
औषधि खान छोडेपछि यस्ता लक्षणहरु देखिन सक्छन्ः
- चरम अवस्थामा पुगेको टाउको दुखाइ
- वाकवाकी आउन खोज्नु र उल्टी हुनु
- मुटुको धड्कन बढ्नु
- कम रक्तचाप
- निद्रामा अवरोध
- बेचैनी, चिन्ता र घबराहट
वाकवाकी र बान्ताको लागि एन्टिमेटिक्स जस्ता औषधि डाक्टरले सुझाउन सक्छन् । लक्षण २ देखि १० दिनसम्म र १० दिनदेखि ४ हप्ता सम्म रहन सक्छ ।
डाक्टरले यो टाउको दुखाई हटेपछि उपयुक्त पेन रिलिफ गर्ने औषधि पनि दिन सक्छन् ।
मेडिकेशन–ओभरयुज टाउको दुखाइबाट बच्न यसो गर्न सकिन्छः
- कोडिन र ओपियोइड्स को प्रयोग नगर्ने
- दुखाइ राहत औषधिको प्रयोग सीमित गर्दै जाने
- माइग्रेनबाट बचाउने औषधि र उपायको प्रयोग गर्ने
७. साइनस टाउको दुखाइ
साइनस टाउको दुखाइ साइनसाइटिसले हुन्छ । यो साइनस सुन्एिर वा कुनै संक्रमण वा एलर्जी को परिणाम हो ।
आँखा, गाला र निधारको वरिपरि सुस्त दुखाइ यसको लक्षण हो । दुखाइ तनावले अझ बढेर दाँत र बङ्गारामा फैलन सक्छ ।
अन्य सम्भावित लक्षणहरूः
- अनुहारमा दबाब भए जस्तो दुखाइ
- गन्धमा कमजोरी हुने
- नाकको तरलता बढ्नु
- नाक बुच्चिनु
- ज्वरो
- थकान
- कान दुख्नु
- सास गनाउनु
- खोकी
- दाँत दुखाइ
- अस्वस्थ भएको महसुस हुनु
साइनस टाउको दुखाइ धेरै दुर्लभ छ । यस प्रकारको टाउको दुखाइ माइग्रेन अट्याक पनि हुन सक्छ ।
उपचार
साइनसाइटिस सामान्यतया २ देखि ३ हप्ताभित्र जाति हुन्छ ।
उपचार विकल्पहरुः
- विश्राम गर्ने
- तरल पदार्थ पिउने
- ओटिसि पेन रिलिफ
- नसाल डिकन्जिस्टेन्ट
- नुनिलो पानी भएको नाक स्प्रे वा तरल पदार्थ फार्मेसीबाट लिने
- एन्टिहिस्टामाइन्स
- प्रिस्क्रिप्शनमा भएको स्टेरोइड नाक स्प्रे
- डाक्टरले ब्याक्टेरिया संक्रमण पत्ता लाए एन्टिबायोटिक्स लिने
यदि एक हप्ता भित्र लक्षणहरू सुधार भएन वा गम्भीर भएमा डाक्टरसँग कुरा जरुरी हुन्छ ।
साइनसाइटिसको मूल कारण पत्ता लगाउन, डाक्टरले व्यक्तिलाई कान, नाक र घाँटी विशेषज्ञकहाँ पठाउन सक्छन् । कतिपय अवस्थामा, साइनसहरू फाल्नको लागि सानो शल्यक्रिया आवश्यक हुन सक्छ ।
साइनसइटसबाट टाँढा रहन धुम्रपान नगर्न र ट्रिगरहरूबाट जोगिन जरुरी छ ।
८. क्याफिन–सम्बन्धित टाउको दुखाइ
धेरै क्याफिन सेवन – अर्थात ४०० मिलिग्रामभन्दा बढी वा दिनमा ४ कप कफी सेवन गरिएमा टाउको दुखाइको शिकार बन्न सकिन्छ ।
२ हप्ताभन्दा बढी समयदेखि दैनिक २०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्नेहरूमा भने यसको प्रयोग सिमित गरिएमा माइग्रेनको लक्षण देख्न सकिन्छ । १२ देखि २४ घण्टा अचानक रोकिएको पछि यस्तो टोउको दुखाइको शिकार बन्न पुगिन्छ । जुन २० देखि ५१ घण्टाभित्र चरम अवस्थामा पुग्छ र २ देखि ९ दिनसम्म रहन सक्छ ।
अन्य सम्भावित लक्षणहरूः
- थकान
- ध्यान केन्द्रित गर्न कठिनाई
- चिडचिडापन
- वाकवाकी आउने जस्तो हुने
क्याफिनको प्रभाव व्यक्तिपिच्छे फरक हुन्छ, तर यसको सेवन कम गर्नाले टाउको दुख्ने खतरा कम हुन सक्छ । क्याफिन खपत सीमित गर्नाले माइग्रेन भएकालाई धेरै राहत मिल्छ ।
९. टाउकोमा चोट लागेको उपजको टाउको दुखाइ
हामीले टाउकोमा चोट लागेपछि कहिलेकाहीँ तुरुन्तै या त्यसपछि टाउको दुख्न सुरु हुन्छ ।
ओटिसि पेन रिलिफले अक्सर यस्तो दुखाई कम गर्छ । यद्यपि, यदि लक्षणहरू गम्भीर छन् वा समयको साथ खराब हुँदैछन् भने, हामीले तत्काल डाक्टरलाई सम्पकै गर्नुपर्छ ।
टाउकोमा गम्भीर चोट लागेमा वो लागेपछि निम्न लक्षणहरू देखिएमा सधैं एम्बुलेन्स बोलाउन उपयुक्त हुन्छः
- बेहोशी
- सिजर
- वान्ता
- स्मृति गुमाउने
- भ्रम
- दृष्टि वा सुन्नमा समस्या
पोस्ट–ट्रामाटिक टाउको दुखाइ पनि टाउकोमा चोटपटक लागेपछि महिनौँपछि हुन सक्छ । जुन कहिलेकाहीं दैनिक हुन सक्छन् र १२ महिनासम्म रहन सक्छ ।
टाउकोमा सानो चोटले पनि मस्तिष्कमा ठूलै असर हुन सक्छ ।
१०. महिनावारी टाउको दुखाइ
टाउको दुखाइ अक्सर हार्मोन स्तरमा परिवर्तन को कारण हुने गर्छ । एस्ट्रोजनको स्तरमा भएको परिवर्तन महिनावारी हुने बेला माइग्रेन हुन सक्छ ।
हर्मोन–सम्बन्धि टाउको दुखाइ प्रायः महिनावारीको २ दिनअघि वा ३ दिनपछि वा ओभुलेशनको समयमा विकास हुन्छ । लक्षणहरू माइग्रेनका जस्तै हुन्छन्, तर तिनीहरू लामो समयसम्म रहन्छन् ।
हार्मोन–सम्बन्धि टाउको दुखाइका कारण यी पनि हुन सक्छन्ः
- ओरल कन्ट्रासेप्तिभ
- मेनोपज
- प्रेग्नेन्सी
उपचार
महिनावारीको टाउको दुखाइको उपचार माइग्रेनको उपचार जस्तै हो । डाक्टरहरूले रोकथामका उपायहरू मात्र दिन सक्छन्, जस्तैः
- हार्मोनल थेरापी
- महिनावारीको समयमा ट्रिप्टान वा NSAID लिने
- वैकल्पिक ओरल गर्भनिरोधक योजनाहरू, जस्तै चक्की–रहित ब्रेक छोड्ने
- मेनापज भइरहेकालार्य हार्मोन प्रतिस्थापन थेरापी
११. ह्याङ्गओभरको टाउको दुखाइ
अत्यधिक मदिरा सेवनले भोलिपल्ट वा त्यस दिनपछि पनि टाउको दुख्ने समस्या निम्त्याउँछ । यी माइग्रेन– जस्तो टाउको दुखाइ टाउकोको दुवैतिर हुन्छ र चलमल गर्दा यो अझै पिडादायी हुन सक्छ ।
ह्याङ्गओभर टाउको दुख्ने व्यक्तिले वाकवाकी र प्रकाशको प्रभाव पनि अनुभव गर्न सक्छ ।
उपचार
ह्याङ्गओभरको कुनै उपचार छैन । तर प्रशस्त पानी पिएर र गुलियो खानेकुरा खाएर दुखाई कम गर्न सकिन्छ । ओटीसी पेनकिलरहरूले टाउको दुखाइ कम गर्न मद्दत गर्छ ।
ह्याङ्गओभरका लक्षणहरू ७२ घण्टाभित्रै निको हुन्छन् ।
ह्याङ्गओभरको जोखिम कम गर्ने तरिकाहरूः
- पानी पिउने
- खाली पेटमा पानी नपिउने
- लागु पदार्थ पिउँदा बिचबिचमा पानी पिउने र सुत्नु अघि पनि पानी पिउने