काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैँयाले बढेको १२७५ रुपैयाँ कायम भएको जनाएको छ ।