काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा मूल्य फेरी बढेर आएको छ ।
उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेल १९.३ रुपैयाँ र हवाई इन्धन १९.९१ रुपैयाँले बढेको हो । एलपी ग्याँस र मट्टितेलको मुल्य भने यथावत रहेको छ । जसअनुसार निगम अझैपनि पेट्रोलमा ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धनमा २.७० रुपैयाँ र एलपी ग्याँसमा ५५१ रुपैयाँ १४ पैसा (जुन १ को मूल्यअनुसार) घाटामा रहेको छ ।
यसैगरी, आयल निगमको हालको खरिद लागत पेट्रोल प्रतिलिटर २०९.२८ रुपैयाँ, डिजेलको २०२.१६ रुपैयाँ रहेको छ भने निगमले हाल पेट्रोल १७८ रुपैयाँ र डिजेल १६५ रुपैयाँमा बिक्री गरिरहेको छ ।