काठमाडौं । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको जनाइएको छ । उक्त दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ ।
राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकोटले बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए ।