काठमाडौं । आज गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई विदाइ गरेका छन् ।
गृहमन्त्री खाँणले शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य आज अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हुन् ।
उक्त विदाइमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत विमानस्थलमा उपस्थित थिए । असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएका थिए ।
नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । त्यस्तै, महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएका छन् । टोलीमा ८ जना डेलिगेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ ।
यसैगरी, हजयात्रीहरु ३४ दिनपछि नेपाल फर्कने जनाइएको छ । मक्कामदिना मुस्लिम समुदायको पवित्र तिर्थस्थल हो । जहाँ, विश्वभरबाट मुस्लिम समुदाय हज गर्न जाने गर्छन् ।