काठमाडौं । आज राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।
आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । उक्त कम्पनीले जेठ २४ गतेदेखि आइपीओ खुल्ला गरेको हो । जहाँ आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरिएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
यसैगरी, आइपिओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन पाउनेछन् ।