काठमाडौं । नेपाल सरकारले सार्वजनिक सवारीको भाडा घटाएको जनाएको छ ।
सरकारले शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको छ । शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको थियो ।