सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ । जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ । अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ । अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ । उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्न बित्तिकै फर्कन्छन् । उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन ।
मन्त्रालयमा अहिले शोभाकान्त पौडल, यामप्रसाद भुसाल, भगवान अर्याल, रेखा कँडेल, प्रकाश पौडेल, प्रदीप परियार, सुरेश राउत, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापालगायतका सहसचिव अतिरिक्त समूहमा छन् । सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अतिरिक्तमा रहेका सहसचिवहरूलाई यही हप्ताभित्र खाली ठाउँमा पठाउने तयारी भएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।