सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एकएक जनामा कालज्वर देखिएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले काल ज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताए । आठ जनामा काल ज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । आजको नेपालसमाचारपत्र समाचार छ ।