काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ ५० पैसा, अदुवा प्रतिकेजी ६५ रुपैयाँ र लोकल गोलभेँडा ६० रुपैयाँ ५० पैसा प्रति केजी रहेको छ । अनार ३६५, आँप मालदह १०५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, स्थानीय काउली ६५ रुपैयाँ, कागती १३५ रुपैयाँ र कुरिलो २२५ रुपैयाँ तोकिएको छ ।