काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका थिए ।
लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको थियो ।