काठमाडौं । आज प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) पारित हुने जनाइएको छ ।
शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक करिबन ५ घण्टा चलेको थियो । जहाँ सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए ।
सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन् । त्यस्तै, आज १ बजेको लागि बैठक तोकिएको छ ।
खर्च कटौतीको प्रस्ताव पेश भइ निर्णयार्थ पेश गरेपछि बिनियोजन विधेयक निर्णयार्थ प्रदेशसभामा पेश हुने जनाइएको छ ।