काठमाडौं । बाढीका कारण अस्ट्रेलियाको सिड्नी सहर प्रभावित बनेको छ । बाढीका कारण एकको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।
बीबीसीले मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको जनाएको छ । अस्ट्रेलियाको जलवायु विभागका अनुसार केही ठाउँमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ । न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गरेकी छन् ।
यसैगरी, गत मार्च महिनामा न्यु साउथ वेल्समा आएको बाढीमा २० जनाले ज्यान गुमाएका थिए ।