काठमाडौं । अभिनेत्री नीता ढुंगानाले सोमबार आफ्ना नजिकका साथीलाई होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी छन् ।
उनले यसको जानकारी सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । उनले तस्बिरका साथ सिंगल जीवन सकिएको पनि बताइन् । नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । प्रेमजोडीले करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।
हाल उनले विवाह समारोहको निम्तो सबैलाई बाँडिसकेकी छन् । त्यस्तै, दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।