काठमाडौं । गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ ।
मदाने गाउँपालिका–१ मा पर्ने दिगाउँमा गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो । आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।
उनले जिल्लाकै छत्रकोट गाउँपालिका–६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको बताए । त्यस्तै, अबिरल वर्षाका कारण इस्मा गाउँपालिका–१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मर्नको साथै करिव सवा दुई लाख बराबरको क्षती भएको जनाइएको छ ।