२२ असार २०७९, काठमाडौंःअर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।