विन्डशील्ड सफा राख्नेः
कारको सिसा सधैँ सफा राख्ने गर्नुपर्छ । फोहोर विन्डशील्डलले जोखिम निम्त्याउने गर्छ । क्लिनीङ फ्लुडले पहिले सिसा भिजाएर नरम स्पोन्जले बिचको भागबाट छेउतिर सफा गर्नुपर्छ । त्यसपछि माथि र तलको मोसनमा यसलाई सफ गनुपर्छ । हेड
हेडलाइट पनि फोहोर भए तिनीहरूलाई पनि सफा गनुपर्छ ।
टायर प्रेसर चेक गर्ने
उचित टायर प्रेसरले हामीलाई सुरक्षित राख्छ । अत्यधिक वा कम हावा भएको टायर राम्रोसँग ह्यान्डल हुन सक्दैन । साथै, सही प्रेसर भएका टायरहरू लामो समय खप्छन् हुन्छ र इफिसियन्ट हुन्छन् ।
कारको लागि सिफारिस गरिएको उचित टायर प्रेसरको स्टिकर प्रायः ड्राइभर साइडको ढोकामा हुन्छ । कार निर्माताहरूले यो नम्बर तय गर्न धेरै अनुसन्धान गरेका हुन्छन् ।
लामो दुरीको यात्रा र तापक्रमले टायरको प्रेसरमा परिवर्तन हुन्छ । त्यसैले कारमा पेट्रोलको महत्व जस्तै टायरमा प्रेसरको जाँच पनि उत्तिकै महत्वपूर्ण र जरुरी हुन्छ ।
टायरको प्रेसर यसरी जाँच्न सक्नुहुन्छः
सही जाँचको लागि, सधैं टायर चिसो अथवा भएको समय जाँच गर्नुहोला, तपाईं कतै जान अघिको समय उत्तम हुन्छ । र, कार अगाडिदेखि नै चालु अवस्थामा छ भने कार रेस्ट गरेको ४ घन्टापछिको समय टायर प्रेसर जाँच्ने उत्तम समय हुन्छ ।
-आफ्नो कारको लागि सिफारिस गरिएको टायरको प्रेसर पत्ता लगाउने ।
-टायर प्रेसर गजको माध्यमले टायरको प्रेसरको जाँच गर्नुपर्छ
-त्यसपछि, आवश्यकता अनुसार भर्नुपर्छ ।
टायर प्रेसर जाँच गर्ने उपाय
मोटर तेल कारको पर्फमेन्सको लागि अति आवश्यक हुन्छ । यसले इन्जिनका सबै भागलाई राम्ररी चालु हुन मद्दत गर्छ । यसले कारको तापलाई कम्बस्सन साइकलबाट टाँढा राखी इन्जिनमा भएका खराब उप–उत्पादनहरू तेल फिल्टरमा पठाउँछ । यदि इन्जिनमा पर्याप्त तेल छैन भने, इन्जिनमा तथा कारमा थुप्रै समस्या आइ लाग्छ ।
कारमा जहिले पनि पर्याप्त तेल छ भनी सुनिश्चित गर्न, यसलाई नियमित रूपमा जाँच गर्ने बानी बसाल्नु महत्त्वपूर्ण छ । कारको तेल स्तर जाँच गर्न धेरै सजिलो छ । यसको लागि सफा पेपर टावल, पर्याप्त प्रकाश र करिब तीन मिनेट आवश्यक छ । जसको लागि इन्जिन बन्द गरेपछि लगभग पाँच मिनेट पर्खनुपर्छ ।
तेलको सहि लेभल जाँच गर्न कार सम्म ठाउँमा हुन जरुरी छ । इन्जिनको डिपस्टिक पत्ता लगाउने । (यसमा आयल लेखेको हुनुपर्छ)
तेलको स्तर जाँच गर्न इन्जिनबाट डिप–स्टिक बाहिर तान्ने
त्यसपछि, टिस्युले डिप–स्टिक सफा गर्ने
यसपल्ट डिप–स्टिकलाई पूरै भित्र छिराउने
अब हामी तेलको लेभल मापन गर्नेछौँ ।
यसलाई निकालेपछि उकालो नफर्काउने, यसले तेल माथितिर जान्छ र जाँच्न मुस्किल बनाउँछ । डिप–स्टिक दुईवटा प्वाल हुन्छन् । तेलको भाग कहाँ समाप्त हुन्छ र सुक्खा भाग सुरु हुन्छ हेरेर तेल स्तर पढ्न सकिन्छ । यदि तेल दुई प्वालको बीचमा छ भने, तेल ठिकै लेभलमा छ । र, यदि तल्लो प्वाल मुनि छ भने कारलाइै थप तेल आवश्यक छ । इन्जिनको लागि सठिक क्वान्टिटीमा मात्र तेल लाउनुपर्छ । र, सधैँ यसरी जाँचेर मात्र लाउनुपर्छ । धेरै तेल पनि इन्जिनको लागि राम्रो हँदैन ।
धेरै जसो कारहरू तेल कम खपत गर्नेगरी डिजाइन गरिएको हुन्छ । र धेरै निर्माताहरू १ हजार माइलमा एक क्वार्टको खपत दरलाई सामान्य मान्छन् । केही कारहरू चुहावटका कारण वा इन्जिनले पेट्रोलसँगै तेलभित्रै जलिरहेको कारणले त्यो भन्दा बढी गुमाउँछन् । तर यदि तपाइँको कार प्रत्येक ५ सय माइलमा एक क्वार्ट तेल खपत गर्छ भने कारको बाहिरी र आन्तरिक चुहावट को लागी जाँच गर्न लानुपर्छ ।
कारको ओनरको म्यानुअलमा सुझाव गरिएको मेन्टेनेन्स तालिका पालना गर्ने
तपाईंको कारलाई मर्मत कार्यहरू पनि चाहिन्छ । जुन धेरै कम गरिन्छ तर अटोमोबाइलको आयुको लागि अति महत्त्वपूर्ण हुन्छ । जस्तैः तेल परिवर्तन, टायर रोटेशन, ट्रान्समिशन फ्लुइड बदल्ने, आदि ।
तर, डिलर वा मेकानिक्सले सिफारिस गरिएको मेन्टेनेन्स तालिका भने त्यती महत्त्वपूर्ण हुँदैन । त्यसमा अनावश्यक मर्मत कार्य गर्ने सुझावहरु पर्याप्त हुन्छन् । उदाहरणका लागिः तेल परिवर्तनको लागि प्रत्येक ३ हजार माइलमा ल्याउने तर धेरै जसो आधुनिक इन्जिनहरू ५ हजार माइलसम्म चल्नेगरी डिजाइन गरिएको हुन्छ । म्यानुफ्याक्चररले कूलेंटलाई प्रत्येक ६० हजार माइलमा बदल्न सिफारिस गर्छन् तर मेकानिकहरुले ३० हजार माइलमा नै बदल्न सिफारिस गर्छन् ।
यसको सट्टा तपाईले कारको मेन्टेनेन्स म्यानुअल आफैँ हेरेर कतिबेला के गर्ने, बुझ्न सक्नुहुन्छ । यसले तपाईको फिजुल खर्चहरु पनि कटौती हुन्छ ।
डिआईवाई कार मेन्टेनेन्स
हरेक ५ हजार माइलमा तेल परिवर्तन गर्ने
चाहे तपाई आफैँ गनुहोस वा मेकानिककहाँ लैजानुहोस्, तेल नियमित रूपमा परिवर्तन गराउनु महत्वपूर्ण छ । यसले तपाईको कारमा समस्या आउनबाट बचाउँछ ।
हरेक १२ हजार माइलमा एयर फिल्टर परिवर्तन गर्ने
कारको एयर फिल्टर परिवर्तन गर्नाले इन्धन दक्षता बढाउने, इन्जिनको आयु लम्ब्याउने र उत्सर्जन घटाउने जस्ता फाइदा हुन्छ ।
हरेक ५ देखि १० हजार माइलमा टायर घुमाउने
अगाडि र पछाडिको टायर फरक–फरक हुन्छ । नियमित रूपमा आफ्नो टायर घुमाउँदा तिनीहरूको प्राकृतिक ढाँचा बराबर हुन्छ, जसले सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ ।
यसले टायरको आयु पनि बढाउँछ, जसले पैसाको पनि बचत हुन्छ ।
कार जहिल्यै सफा राख्ने
-आफ्नो कार नियमित रूपमा धुने गनुपर्छ
-आफ्नो कारको भित्री भागलाई फोहोरको थुपार्ने नबनाउने
(यो लेख आर्ट अफ म्यान्लिनेस वेबसाइटको एक ब्लगबाट अनुवाद गरिएको हो ।)