काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् ।
पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ भएका थिएन । त्यसपछि, विहीबार त्रिचन्द्र कलेजका विद्यार्थीले प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए । प्रधानमन्त्री देउवाले उक्त भेटमा त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् ।
देउवाले त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै पुनर्निर्माणमा पहल गर्ने बताए ।