एक व्यक्तिलाई जीवनमा सफल हुन आत्म अनुशासन र अकाग्र ध्यान धेरै महत्वपूर्ण हुन्छ । त्यस्तै, सबै सफल व्यक्तीहरुमा एउटा कुरा समान हुन्छ । जुन राम्रो बानी र दैनिक अनुष्ठान हो । यसले हाम्रो जीवनलाई सकारात्म परिवर्तन दिन्छ । यस्ता बानीको विकासले हाम्रो मानसिक मात्र नभई शारिरिक स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पर्छ । जसकारण, हाम्रो जीवनको गुणस्तर पनि उत्कृष्ट प्रभाव पर्छ । यती मात्र नभएर, हाम्रो जीवनमा तनाव कम हुन्छ र मनको शान्ती स्थायी रुपमा बस्छ ।
जीवनमा सकारात्मक परिवर्तन ल्याउने १० आनिबानीः
१. विहानको रुटिन बनाउनेः
विहान सधैँ उठेर या त व्यायाम गर्ने, या नाच्ने, या कफि पिउँदै पढ्ने या स्नान गर्ने । यसरी आफूलाई रुची भएको कार्य विहानविहान सधैँ नियमित रुपमा गर्दा आफ्नो बाँकी दिन सधैँ स्फूर्तीका साथ बित्ने गर्छ । यसले तन र मनलाई उर्जा प्रदान गर्दै दिनको सकारात्मक ढंगबाट सुरुवात हुन्छ ।
२. ८०२० रुल फलो गर्ने
यस रुलले बिश प्रतिशत काम गरेर ८० प्रतिशत फल प्राप्त गर्ने कार्य गर्न जोड दिन्छ । यस्ता फलदायक ढंगमा काम गर्दा तनाव पनि कम हुन्छ । साथै, थोरै कामले धेरै फल प्रदान गर्छ । जसकारण, शरिर र मस्तिस्कलाई धेरै नै राहत पनि मिल्छ ।
३. एक पटकमा एउटा कार्य मात्र गर्ने
एकै पटकमा धेरै काम आँटियो वा गरियो भने दिमागलाई अनावश्यक तनाव मात्र हुन्छ । त्यसैले, एकपटकमा एउटा काममा मात्र ध्यान दिने र त्यो काम पूरा भएपछि मात्र अर्को काम थाल्नुपर्छ । यस्तो नगरेमा कार्य पनि राम्ररी सम्पन्न हुँदैन र आफूलाई पनि धेरै तनाव सिर्जना हुन्छ ।
४. ध्न्य हुने बानी विकास गर्ने
जीवनमा धेरै नराम्रा घटना घट्न सक्छ । तर, हामीले हाम्रो जीवनमा भइरहेको राम्रो पक्षलाई नियाल्न र त्यसबारे धन्य हुन अति आवश्यक हुन्छ । यसले हामीलाई सकारात्मक उर्जाका साथै जीवनतर्फ आशावादी पनि बनाउँछ ।
५. सामाजिक सञ्जालबाट टाँढा रहने
सामाजिक सञ्जालमा धेरै मानिसले विभिन्न विचार र घटनाहरु सेयर गरेका हुन्छन् । जसको धेरै सकारात्मक तथा नकारात्मक पक्ष तथा प्रभावहरु हुन्छन् । त्यसैले, हामीले सामाजिक सञ्जालमा जति कम समय दिए उति राम्रो हुन्छ ।
६. शारिरिक व्यायाम
सामाजिक व्यायामको लागि हामीले दैनिक केही समय छुट्याउनु पर्छ । जीम जानु, योगा गर्नु, वाकमा जानु, कसरत गनुै शरिर र मन दुवैको लागि फलदायी हुन्छ ।
७. इन्भेस्ट इन सेल्फ केयर
हामीले आफ्नो मानसिक र शारिरिक स्वास्थ्यको ध्यान दिनुपर्छ । घुमघाम गर्ने, साथीहरुसँग भेट्ने, खान तथा रमाइलो गर्न जाने राम्रो उदाहरण हो । यसले हाम्रो दैनिक रुटिनबाट हामीलाई रिफ्रेस गरी तनावमुक्त गर्छ ।
८. पुस्तक पढ्ने
पुस्तकहरु ज्ञानका भन्डार हुन् । काल्पनीक जन्र पढ्दा दिमागलाई फ्रेस गराउनका साथै हामीलाई कलात्मक र रचानात्मक बनाउँछ । त्यस्तै, नन फिक्सन किताबहरुले हामीलाई विभिन्न दैनिक कामकुराको ज्ञान मिल्छ । जसले हामीलाई जीवनमा धेरै कुराहरुमा मद्दत गर्छ । सेल्फ हेल्पका किताबहरु, पर्सनल फाइनान्सका किताब, रोचक उपन्यासहरु सबै खाले किताब पढ्नबाट हामीले धेरै आनन्द र मनोरञ्ज अनि ज्ञान आर्जन गर्न सक्छौँ ।
९. सकारात्मक सोच भएकाहरुसँग संगत गर्ने
संगतले पनि हाम्रो जीवनशैली र बानीबेहोरामा प्रभाव पर्ने हुँदा सकारात्मक सोच भएकाहरुसँग संगत गर्ने बानी फलदायी हुन्छ । उनीहरुसँग हामीले धेरै कुरामा मद्दत पाउन सक्छौँ ।
१०.मिनिमालिस्टिक लाइफ जिउने
जीवनमा साधारण तरिकाले जिउनुले पनि सकारात्मक प्रभाव पर्न सक्छ । यसले हाम्रो विचार र दृष्टिकोणमा प्रभाव पर्ने हुँदा ऐश्वर्यभन्दा सन्तुष्टिमा हामीलाई एकाग्र गर्छ । जसले हाम्रो जीवन सरल, सहज र सम्पन्न हुन्छ ।
यी सबै बानीले हामीलाई एउटा सकरात्मक र सफल व्यक्ति बन्नमा मद्दत पुर्याउँछ ।