काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका हुँदा आउने मंगलबारबाट छानबिन सुरु हुने जनाइएको छ ।
प्रतिनिधिसभाले यही असार २ गते ११ जना सदस्यीय विशेष छानबिन समिति गठन गरी १० दिनेको समय दइएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले आज शुक्रबार असार २४ गते संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । जहाँ उक्त विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याल छानिएको छ ।
आउँदो मंगलबार सहजीकरण बैठकले विशेष समितिको पहिलो बैठक बस्ने जनाएको छ । जहाँ पहिलो बैठकले समितिको संयोजक तयार गरी कार्यविधि बनाई कार्य सुरु गर्नेछ ।