काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद अर्थात इदुल जोहा देशभर मनाइएको छ । दरबार मार्गस्थित नेपाली जामे मस्जिद तथा काश्मीरी मस्जिदलमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
धार्मिक विधि अनुसार मजान पर्वको ७०औं दिनमा मनाउने बकर ईद मनाइने गरिन्छ । जहाँ मुस्लिम धर्मावलम्बीले विहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । साथै, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । आज देशभरका मस्जिद र इदगाहमा भिड लाग्ने गर्छ ।