काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार अदुवा प्रतिकेजी ५५ रुपैयाँ र रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, अनार ३९०, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ रहेको छ ।
यसैगरी, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी कायम रहेको छ ।