काठमाडौं । आज बुधबार नेप्से सूचक ५९.५४ अंकले सुधार भइ २ अर्ब ४ करोड रुपैयाँको कारोबार गरेको छ ।
नेप्से सूचक ३.०९ प्रतिशतले बढेर १९८६ अंकमा रोकिएको छ । आज १८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५ वटाको भने घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । यस दिन ९ अर्ब रुपैयाँले सर्वाधिक कारोबार गर्नेमा शिवम सिमेन्ट रहेको छ । मुनाफामा दोस्रो स्थानमा देखिएको एनआईसी एशियाको पनि दोस्रो धेरै कारोबार भएको छ ।
लगानीकर्ताले आर्थिक वर्ष सकिन लाग्दा लाभांशको अपेक्षामा शेयर उठाउन थालेका छन् । चौथो त्रैमाशको ब्याज, किस्ता र करको जोहो गरिसकेका लगानीकर्ताले विस्तारै शेयर खरिद गर्न थालेका हुन् । बैंकर्स संघले साउन महिनामा लागि ब्याजदर नबढाउने निर्णय गरेको प्रभाव पनि शेयर बजारमा परेको अनुमान गर्न सकिन्छ ।
त्यस्तै, केही महिनामा सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने हुँदा लगानीकर्ताहरु सर्वाधिक तल्लो विन्दुमा रहेको शेयर खरिद गर्ने होडमा छन् । यसले पनि बजारलाई सकारात्मक उछाल दिएको हो ।