काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाएको छ ।
शनिबार पेट्रोल प्रतिलिटर १५.७६ पैसा र डिजल प्रतिलिटर १६.५६ पैसा घटेर आएको हो । निगमले भारतबाट मूल्य घटेर आउँदा पनि घाटा नै रहेको बताएको छ ।
निगमले नै घाटा देखाएपछि तत्कालै पेट्रोलिय पदार्थको मूल्य नघट्ने सम्भावना छ । आर्थिक संकटमा परेको निगमले अहिले आफ्नै सम्पत्ति राखेर ऋण लिएको जनाएको छ ।