काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा रोकिएको छ । नेप्से ०.९० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा रोकिएको छ ।
यस दिन जम्मा २११ वटा कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर कारोबार भई १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँको कारोबार भएको छ । कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ । जसमा व्यापार र म्युचुअल फण्ड समूह घटेका पाइएको छ ।
आज शिवम् सिमेन्टले ९ करोड ३४ लाख ८१ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ । त्यस्तै, यस दिन बरूण हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता छन् । जहाँ सेयरमूल्य ५.९० रूपैयाँले घटेर ८ रूपैयाँ ७७ पैसामा पुगेको छ ।