काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैँयाले घटेर ११६० रुपैयाँ कायम भएको छ ।