काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ छ । एउटै शीर्षकमा यतिधेरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन् । अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन ।
मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ । बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ । बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो-कामपका उच्च अधिकारीले भने ।