काठमाडौं । भाद्र १० गतेबाट प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित आठ देशमा एकसाथ प्रदर्शन हुने जानाइएको छ ।
बिनिस इन्टटेनमेन्टले नेपालसँगै अमेरिका, भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, क्यानडा र मिडिलइष्टमा एकसाथ फिल्म प्रदर्शन गर्न भएको छ ।
यी देशहरुमा प्रदर्शन राइट्स १ करोड ७२ लाखमा बिक्री भएको जनाइएको छ । निर्माता महेन्द्र अधिकारीले चलचित्र अन्य केही देशहरूबाट पनि माग भइरहेको बताएका छन ।उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । जहा प्रदीपसँगै प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी,दीया मास्के, रेनु योगी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन् ।फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएका छन । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।