काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रहेको छ । त्यसैगरी रातो आलु ५४ रुपैयाँ ५० पैसा रहेको छ । आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा, अनार ३९० रुपैयाँ र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।
कागती १७५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।